काठमाडौँ, सेयर बजार दोहोरो अङ्क घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक १३.६२ अङ्कले घटेर २८७६.६६ विन्दुमा पुगेको हो । आज बजारमा १४ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
बजारमा आज ५१ कम्पनीको मूल्य बढेको छ । १८७ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज जीवन बीमा, उत्पादन तथा प्रशोधनमूलक उद्योग, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहका सेयर बढ्दा बाँकी समूहका सूचक घटेको छ ।
होटल तथा टुरिजम क्षेत्रको समूह सर्वाधिक १.८८ प्रतिशतले घटेको छ भने अन्य समूह सर्वाधिक १.८६ प्रतिशतले बढेको छ । आज बजारमा गार्डियन माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किट लाग्दा समाज लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज बजारमा नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार सङ्ख्या र रकमका आधारमा समेत यही कम्पनी अगाडी देखिएको छ । यसअघि १० वटा कारोबार दिनसम्म बजार निरन्तर बढेको थियो । यो अवधिमा बजार २१२ अङ्कले वृद्धि भएको थियो । ११ दिन आज सेयर बजारमा सामान्य सुधार भएको हो । परिसूचक घटे पनि कारोबार रकम भने आज बढेको छ ।










प्रतिक्रिया