मनोरञ्जन

हिमाली सुन्दरी म्युजिक भिडियो सार्बजनिक



चितवन रत्ननगरका गजलकार आरजु गिरीको हिमाली सुन्दरी म्युजिक भिडियो सार्बजनिक भएकाे छ ।’हिमाली सुन्दरी गोरी मलाई जालमा पार्‍यौ बोलको उक्त गजल बिधाता छन्दमा लेखिएको हो। आरजु गिरीको शब्द रहेको सो गजलमा बाबुल गिरीले संगित र स्वर दिएका हुन् ।

नेपाली गजल बहार नामक युट्युब च्यानलबाट सार्वजनिक भएको सो गजल याम तिलक स्टुडियोमा रेकर्ड गरिएको हो । निक्कै आकर्षक र प्रबिधियुक्त बनेको म्युजिक भिडियोको निर्देशन् संगित सागर बुर्जाले गरेका हुन् । भिडियोमा चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान जोशी र गायक बाबुल गिरी लगायतको अभिनय रहेको छ ।

प्रकाशित : २२ फाल्गुन २०८१, बिहिबार ००:००