Uncategorized

प्रदेश न:१ को नाम ‘किरात सगरमाथा’ को माग गर्दै पत्रकार सम्मेलन



२३फागुन/काठमाडौं                                  प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाकारण को माग गर्दै काठमाडौं स्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरिएको छ।
किरात धर्मगुरु प्रवक्ता डिल्लीराम चाम्लिङको संयोजनमा प्रेस बक्तब्य जारी गर्दै उक्त माग गरिएको हो ।

गत कार्तिक २५ गते राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्तीको अवसरमा किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’को हस्तबाहुली बाट मोरङ जिल्लाको केराबारी माङहिम परिसरमा निर्मित माङहिम र फाल्गुनन्द प्रतिमा अनावरणलगायतका कार्यक्रममा धर्मगुरुबाट प्रदेश नामाकरणको लागि यस्तो सदिच्छा रहेको ले सोही बमोजिम उक्त माग गरिएको हो।

प्रमुख अतिथीका रुपमा
किरात धर्म तथा साहित्य उथान संघका पूर्व महासचिव तथा ज्योतिषबिद डा.चन्द्रकुमार सेर्माले किरात सगरमाथा नाम राख्दा
विश्वभरिका नेपालीहरु, किरातीहरु र विश्वलाई नै चिनाउने भएकाले सबैलाई सर्वमान्य हुने बिश्वास ब्यक्त गरेका थिए।

अहिलेसम्म ६ वटा प्रदेशहरुले नाम र राजधानी पाईसकेका छन । प्रदेश १ ले २०७६ बैशाख २३ गते नै राजधानी बिराट्नगर घोषणा भईसकेको छ तर नाम भने अझैसम्म टुङ्गो लाग्न सकेको छैन ।

बिश्वमानचित्रमै परिचित सगरमाथा र उक्त क्षेत्रमा बस्ने प्राचीन किराँती हरु लगायतको समाबेशी सम्बोधन हुने भएकाले प्रदेश नं १ को नामाकरणबारे धार्मिक गुरु ले नै शुरु गर्नुपरेको हो।

किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेईङ’ ज्युका गुरुनिजि प्रवक्ता डिल्लीराम चाम्लिङद्वारा प्रस्तुत प्रेस बक्तब्यमा भनिएको छ –
‘प्रदेश न: १ को नाम लिम्बुवान,खम्बुवान,कोशी प्रदेश ,किरात प्रदेश आदि प्रस्तावनाहरुमा समग्र वा समष्टिमा ‘किरात सगरमाथा’ रहेमा उचित र निर्बिबाद हुने र सिङ्गो नेपाल राष्ट्र र नेपाली जनताको सबैको आत्मसम्मान हुनेछ ‘

उक्त पत्रकार सम्मेलनमा कि.ध.सा.उ.सं का केन्द्रिय उपाध्यक्ष भिम्ला येङ्देन, सदस्य सुर्यबिक्रम चेम्जोङ, उपत्यका अध्यक्ष जीवन कुमार सुनुवार, किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो अध्यक्ष हरि थक्लिहाङ लगायत विभिन्न क्षेत्रमा सम्बद्व ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।छ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार ००:००