गृह पृष्ठ

सरकारले थप ५७ हिमालमा आरोहण खुल्ला


२२ आश्विन २०८१, मंगलबार ००:००


काठमाडौं, सरकारले थप ५७ हिमालमा आरोहण खुल्ला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा आरोहण खोल्ने निर्णय भएको हो ।

यी हिमाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन तथा व्यवस्थापन गर्ने गरी खुला गरिएको हो । मन्त्रालय मातहत पर्यटन विभागले हिमाल व्यवस्थापन गर्दै आएको छ । यसअघि गत असारमा पर्यटन विभागले ती हिमाल आरोहण खुला गर्न मन्त्रालयमा सिफारिस गरेको थियो । सिफारिस गरिएका हिमालमा ६ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् ।

यसपालि पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका चुचुरो आरोहणका लागि खुला भएका हुन् । यसअघि नेपालमा ४ सय १९ हिमाल चुचुरा आरोहणमा खुला भइसकेका छन् । जसमा सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मिटर उचाइका सबै हिमाल पर्छन् ।

याे पनि पढनुहाेसः

काठमाडौँ, यस बर्ष दशैंमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैंका लागि काठमाडौं छाडेका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् । गत वर्ष यहि अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए । काठमाडौं जोड्ने अधिकांस राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस बर्ष दशैमा राजधानी छोड्नेको संख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, वीपी राजमार्ग संचालन हुन सकेका छैनन् ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलबार ००:००