•राजेन्द्र केरुङ
२६ माघ / बुटवल
कोरियन भाषा संघ नेपालका अध्यक्ष सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा नयन आँखा उपचार केन्द्र र जे एन कोरियन ल्याङ्वेज ईन्स्टिच्युट बुटवलको आयोजनमा निशुल्क आँखा शिबिर सुरु गरिएको छ।
माघ २६ गते शनिबारको दिन निःशुल्क आँखा शिविर तथा सल्लाह परामर्श कार्यक्रमलाई विधिवत रुपमा अध्यक्ष पाण्डेको आतिथ्यतामा उद्घाटन गरिएको हो । उक्त निशुल्क आँखा शिबिरमा थुप्रै कोरियन भाषा प्रशिक्षण लिईरहेका बिद्यार्थी हरुले लाभ लिएका थिए ।
आँखा विशेषज्ञ डा. शुशान्त ज्ञवालीको निगरानीमा भईरहेको आँखा शिबिरमा सहभागी भई मौकाको फाइदा उठाउन सम्पूर्ण कोरियन भाषाका बिद्यार्थी, आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा अनुरोध गरिएको छ।
बुटवलको ट्राफिक चोकमा अवस्थित जेएन कोरियन ईन्स्टिच्युटले होस्टलको सुबिधासहित लामो समयदेखी गुण्स्तरिय कोरियन भाषा प्रशिक्षण गराउदैँ आएको छ।
प्रतिक्रिया