काठमाडौं, वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा.शर्मालाई नियुक्ति दिइएको हो । न्याम्स ऐन अनुसार उपकुलपति डा। भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा , डा. समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका डा.शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । डा.शर्माले मन्त्रालयबाट नियुक्ति पत्र लिन बोलाएको जानकारी दिए ।
मन्त्रालयबाट नियुक्ति पत्र लिनका लागि बोलाउनुभएको छ । सम्भवतः आज जिम्मेवारी सम्हाल्छु,’ डा। शर्माले अनलाइनखबर सँग भने । वीरको निर्देशक डा। सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा। समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।
प्रतिक्रिया