गृह पृष्ठ

सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको छ : प्रचण्ड



काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण बलिदानलाई आज हामी सबैले अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएको छ । किनकि त्यो सहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ,’ उनले भने ।

जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको उनले दोहोर्‍याए । सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए । एकातिर सरकारका गलत क्रियाकलातिर र अर्कोतिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको छ,’ उनले भने ।

प्रकाशित : २७ फाल्गुन २०८१, मंगलबार ००:००