काठमाडौँ, समाजवादी मोर्चाले आगामी चैत १५ गते विरोध सभा गर्ने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते संयुक्त विरोधसभा गर्ने निर्णय गरेको हो ।
चैत २ गते बुद्धिजीवीसँग अन्तर्क्रिया गर्ने निर्णय भएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चैत १ गते दिउँसो पत्रकार सम्मेलन र सोही दिन मोर्चाको बैठक बस्ने निर्णय भएको छ ।
याे पनि पढनुहाेस:
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीशहरू डा.मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।
त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् । सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।
प्रतिक्रिया