ताजा घटना

बस्ने ठाउँबारे वि’वाद हुँदा पुरुषको ह’त्या, ‘अघोरी बाबा’ प’क्राउ



काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङमा करिब ४५ वर्षका पुरुषको ह’त्या गरेको आरोपमा प्रहरीले ‘बाबा’ लाई पक्राउ गरेको छ । बिहिबार साँझ दक्षिणकाली पार्टी प्यालेस अगाडी बस्ने वर्ष ३५ का शिव गिरी उर्फ ‘अघोरी’ले बोल्न नसक्ने र मागेर खाने पुरुषलाई चि’र्पटले हिर्काए ।

चिर्पट र बाँस प्रहारबाट गम्भीर घाइते भएका पुरुषको शुक्रवार बिहान वीर अस्पतालमा मृ’त्यु भएको छ । ह’त्यामा सं’लग्न शिव गिरीलाई ईलाका प्रहरी कार्यालय फर्पिङले पक्राउ गरेको छ । आ’रोपीलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

मृतक ७ वर्षदेखि सो ठाउँमा मागेर खान्थे । गिरी र उनको बिचमा दक्षिणकाली पार्टी प्यालेस अगाडी बस्ने ठाउँबारे वि’वाद भएको थियो । आफू बस्न खोजेको ठाउँमा ति पुरुष बसेपछि आवेगमा चिर्पटले हि’र्काएको अघोरीले प्रहरीलाई बताएका छन् । आरोपी पनि लामो समयदेखि दक्षिणकाली मन्दिर क्षेत्रमा बस्दै आएका थिए । दुवैजना मन्दिर आसपासमा बसेर मागेर खान्थे ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार ००:००