सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय कृषि उपजलाई काठमाण्डौँबाट बिक्री गर्न सुरु गरेको छ । गाउँपालिकाले गाउँमा उत्पादन भएका अर्गानिक कृषि उपजहरु काठमाण्डौँको दरबार मार्गमा स्टल नै खडा गरेर बिक्री सुरु गरेको हो ।
पालिकाले व्यवसायिक कृषिलाई प्रोत्साहन गर्न गाउँमा बढी भएका उपजहरु पालिकाले नै खरिद गरेर कृषि एम्बुलेन्स मार्फत काठमाण्डौ लगेर बिक्री गर्न थालेको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । मुलुकको ठुलो जनसंख्य कृषिमा आवद्ध रहेपनि व्यवसायीक खेती गर्ने पद्धती बसाल्न बजारको जिल्ला स्थानीय सरकारले लिएकोे उहाँको भनाई छ ।
थुलुङ दुधकोशीमा उत्पादन भएका आलु, करेला, साग, निगुरो, टमाटरदेखि हरेक अन्न, तरकारी तथा फलफुलहरु गाउँबाट काठमाण्डौँ पु¥याइएको छ । हरेक स्थानीय तहले गाउँमा उत्पादन भएकार खेर गईरहेको उपजहरुलाई बजारीकरणको जिम्मा लिने हो भने बजारको चिन्ताबाट कृषक मुक्त हुने अध्यक्ष राईको भनाई छ । यसले थुलुङ दुधकोशीका कृषकहरु व्यवसायीकता तर्फ थप आर्कषित हुने गाउँपालिकाको विश्वास छ ।
प्रतिक्रिया