भिडियो

चाम्लिङ रानाहोंछा परिवार बेलायतले दशौं बर्ष मनायो।

mahakulung

  • ३१ असार २०८१, आइतबार ००:००


 

असार ३०,काठमाडौँ

 

रानाहोंछा, चाम्लिङ राईहरुको पाछा मध्येको एउटा पाछा हो। सामान्य भाषामा बुझ्दा: पाछा भन्नु आफ्नो बंसजको आधारमा गरिने पहिचानको बिशेष मुहान हो भन्न सकिन्छ। विश्वको जुनसुकै ठाउँलाई कर्मथलो बनाएर बाँचेपनि नेपालीपन र आफ्नो संस्कारलाई सधैं जिबित राख्नुपर्छ भन्ने कर्तब्यबोधको कारण पहिलो चोटि सन् २०१४ को ८ मार्चको दिन भेटघाट कार्यक्रम भएको थियो। यसको संयोजनमा बिशेष रुपमा चन्द्र जयपाल राई, आनन्द राई, र रबिन राईको बिशेष भुमिका रहेको थियो।

 

हालसम्म २७ घर वैतुङ दाजु भाई साथै ५६ घर जति छोरीचेली, भान्जा भान्जी र जुवाई चेलाहरु रहेको यस परिवारको प्रिथक प्रणाली छ। उमेर र साईनोले जेष्ठ सदस्य नै स्वत: प्रमुख मान्य हुने बाँकी कुनै पद नरहने यो परिवारको शैली र मान्यता हो। त्यसैले संस्था नभनेर, यसलाई सधैं परिवार नै भन्ने कुरा सर्बसम्मतको बुझाई रहेको छ। बर्तमानमा यस परिवारको प्रमुख: बिनोद राई रहनुभएको छ।

 

सन् २०२४ को यही १३ जुलाईको दिन यो परिवारले दशौं बर्ष मनायो। कार्यक्रम पित्रीपुजा (बितेर जानुभएको पुर्खाहरुलाई सम्झिने) बाट शुरु भएको थियो। कार्यक्रममा जेष्ट सदस्य (वैतुङ) श्री विनोद राई आफ्नो कार्य व्यस्तताको कारण उपस्थित हुन नसक्नु भए पछि दोस्रो जेष्ठ सदस्य (वैतुङ) श्री प्रसाद राईबाट स्वागत साथै धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न बिधामा सफलता प्राप्त गरेका ब्यक्तिहरुले प्रसंशा-पत्र साथै सम्मान-पत्र पनि प्राप्त गरेका थिए। यसमा कलाकारहरु: आलिया राई, एरिन राई, सिन्ध्या राई, सेनोन राई, ईभा राई, रिचा राई, लगायत आनन्द राई र बिकास राईको उत्कृष्ट प्रस्तुतिहरुले मनोरन्जन गराएका थिए। त्यसरी नै चन्द्र जयपाल राईले राफल ड्र अनि बिङ्गो खेलाउनु भई थप मनोरन्जन प्रधान गराउनु भएको थियो । राफल ड्रको पुरस्कारहरु ध्यान राई, कर्माजित राई, पूर्ण राई, अरुण राई, अर्जुन राई, सिन्द्या राई र चन्द्र जयपाल राईले स्पोन्सर गर्नु भएको थियो ।

किराँत राई यायोक्खाले खरिद गरेको साकेला स्थलमा सम्पन्न “रानाहोंछा परिवार बेलायत” को दशौं बार्षिक कार्यक्रम थोरै भाबुक, निकै भब्य अनि अत्यन्तै सभ्य भयो।