Uncategorized

गितकार कल्पना आङ्बुहाङको ४ म्युजिक भिडियो एकसाथ सार्वजनिक



असार ३०,काठमाडौँ

गितकार कल्पना आङ्बुहाङ को एकसाथ ४ गित को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
आङ्बुहाङको बार्हमासे फुल एल्बममा संग्रहित उक्त ४ गितहरुको एकसाथ भिडियो सार्वजनिक गरिएको हो।

 

पत्थर कोईला , पेलि फाक् सेवारो, हुलाकी दाइ र परदेशी जीवन नामक गितहरु समाबेश छन।

आफ्नै अफिसियल मेरि आमा कल्पना आङ्बुहाङ च्यानल मार्फत सार्वजनिक उक्त गित हुलाकी दाई  भिडियोमा चर्चित नायक धिरेन शाक्य र बिपना आङ्बुहाङले अभिनय गरेका छन।
मनोज साङ्सोन राई को सङ्गितमा मनोज र मेलिना राई ले स्वर दिएका छन।

भिडियोको निर्देशन हाङ चेम्जोङले गरेका छन।

गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा उक्त गीतका भिडियोहरु सार्वजनिक गरिएको हो ।

 

सार्वजनिक गीत अनि भिडियोको समीक्षा सङ्गीतकार बुलु मुकारुङले गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष थापाले हरेक गीतकारहरुले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा संस्कृति एवं जागरण, चेतना, सन्देश, ज्ञान दिलाउने गीतहरु लेख्नुपर्ने धारणा राखे ।

 

उनले भने, ‘रहर र मनोरञ्जनको रूपमा मात्रै गीतलाई लिनु हुँदैन यो बौद्धिक सम्पत्ति हो । गीत सिर्जनाले आर्थिक आय आर्जन पनि गर्दछ र समाजलाई समृद्धिको बाटो साथै देशको विकासमा पनि टेवा पुर्‍याउँछ ।’

 

कार्यक्रममा गीत सङ्गीत, साहित्य, कलाकर्मी, सन्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको बाक्लो उपस्थितेव रहेको थियो ।

 

 

प्रकाशित : ३१ असार २०८१, आइतबार ००:००