ताजा घटना

सरकारले थाल्यो अफगानिस्तानमा रहेका नेपालीको उद्धारको तयारी (भिडियो)


३२ श्रावण २०७८, सोमबार ००:००


सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय भएको कार्कीले बताए। उनले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका बाँकी रहेका समस्या सम्बोधन गर्न प्रक्रिया अगाडि बढिसकेको बताए ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समस्यालाई कुटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र कुटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनशन फिर्ता लिन भुपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह गरेको छ’, कानुन मन्त्री समेत रहको कार्कीले भने ।

यो पनि : ता’लिवा’न अफगानिस्तानमाथि विजय नजिक पुगेको छ । राजधानी काबुलमा प्रवेश गरेर ता’लिवा’नले राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएका छन् । रोयटर्सका अनुसार उनीहरुले कार्यालय भवनभित्र पसेर झण्डा समेत गा’डेका छन् ।

हिजै राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भा’गेका छन् । सीएनएनका अनुसार ता’लिवा’न काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् । काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ । यसले २० वर्षपछि अफगानिस्तानमा ता’लिवा’नको शासन लगभग निश्चित गरेको छ ।

तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भनेका छन्, ‘अफगानिस्तानमा यु’द्ध सकिएको छ । हामीले चाहेको प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’ उनले विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिएका छन् । राष्ट्रपति कार्यालयमा पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ। अब उनीहरु सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ तर यसको विस्तृत खाका आइसकेको छैन।

आइतबार तीन महत्त्वपूर्ण घटनाक्रमहरू भए । पहिलो – राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह आफ्ना निकटस्तहरुसँग देश छाडेर भा’गे । दोस्रो – ता’लिबा’नले राष्ट्रपति भवन (अर्ग) माथि क’ ‘ब्जा जमायो । तेस्रो – ता’लिबा’न नेता मुल्ला बरदारको बयान आयो ।

उनले भने, ‘सबै जनताको धनमालको सुरक्षा गरिनेछ । अगामी केही दिनमा सबै नियन्त्रणमा लिइने । हामीले सोचेकै थिएनौँ कि यति सजिलै र यति चाँडै जीत हासिल हुनेछ । आगामी केही दिनमा सबै सामान्य हुनेछ ।’

ता’लिवा’नका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न च्यानलहरूलाई अन्तरवार्ता दिइरहेका छन् । उनीहरूको दाबी छ कि राष्ट्रपति गनी देश छाडेर जाँदा ५० लाख डलर साथमा लिएर जाने प्रयासमा थिए । तर, उक्त रकम राष्ट्रपति भवनको हेलिप्याडमा नै छाडियो ।

राजधानी काबुललाई ता’लिबा’नले नियन्त्रणमा लिएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई अस्थायी रुपमा दूतवास बनाएको छ । हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो ।

विमानस्थल परिसरमा ४ हजार अमेरिकी सैनिक परिचालन गरेको अमेरिकाले धमाधम आफ्ना नागरिकको उद्धार गरिरहेको छ । अब अफगानिस्तानमा कार्यरत १ हजार ४०० अमेरिकी कर्मचारी पनि स्वदेश फर्काउने तयारी अमेरिकाले गरेको छ ।

https://www.facebook.com/105499378226294/videos/840304836652379

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार ००:००