१ कार्तिक ,काठमाडौँ
गितकार सङ्गिता आङ्थुपोको वास्तविक जिवन कथामा आधारित गित आमा-बाबा को म्युजिक भिडियो सार्वजनिक भएको छ्।
आङ्थुपो को शब्दमा अहिलेकी लोकप्रिय गायिका मेलिना राई ले आवाज दिएकी छिन। राजेन्द्र केरुङ को सङ्गित रहेको गितलाई सङ्गीत संयोजन/मिक्सिङ/मास्टरिङ राजु कार्कीले गरेका छन भने रेकर्डिष्ट शुरेश राईले स्टुडियो किङ मा गरेका हुन।
भिडियोमा रंगकर्मी नायिका सृजना सुब्बाको मुख्य अभिनय देख्न सकिन्छ साथै नाटयकर्मी चेतन आङ्थुपो र सङ्गिता लावती,राम कुमारी आङ्थुपो
बिरु आङ्थुपो ले अभिनयमा साथ दिएका छन।
अतिथि कलाकारको रुपमा राजकुमार आङ्देम्बेलाई देख्न सकिन्छ।
त्यसैगरी बाल कलाकारहरु फुङमा राई,वरुम्फुङ योङ्हाङ,तान्छो लिम्बू,अपना लिम्बू,आन्छा लिम्बू,जुनु लिम्बू,आर्या लिम्बू देख्न सकिन्छ।
अनिल थोप्रा ब्यबस्थापन,कृष्ण सुबेदी सह-ब्यबस्थापन मा भिडियोलाई बुद्द थापा टिम ले छायांकन गरेको छ भने सम्पादन,कलरिङ अनिल कुमार महर्जनले गरेका छन।
शृङ्गार लोकेश थापा,यातायात सन्तबिर राई,मन कुमार मगर को रहेको छ।
सङ्गिता कै निर्माणमा बनेको उक्त म्युजिक भिडियोलाई निजि निवास पथरी,शनिश्चरे,लाटिझोडा,उर्लाबारी,बिराटनगर लगायत स्थानमा छायांकन गरिएको थियो।
भिडियोलाई सह निर्देशन दिनेश माङ्मु र कथा,स्क्रुप्ट निर्देशन बिक्रम फागो वनेम ले गरेका छन।
लामो समय देखी इजरायल लाई कर्मथलो बनाएकी सङ्गिताले परदेशमै रहदाँ आफ्ना प्राणरुपी आमा बुबा लाई एकै हप्ता बिचको फरकमा गुमाउनु पर्दाको पिडा लाई गितमार्फत ब्यक्त गरेकी छिन। भिडियोलाई FALELUNG TV च्यानलमार्फत सार्वजनिक गरिएको छ।
तिम्रो सम्झनाले मन मुटु जल्छ आमा
तिम्रै कल्पनाले रात दिन ढल्छ बाबा
छाडिगयौँ धेरै टाढा कहिले नआउने गरी
याद आउँछ छाती पोल्छ आँशु आँखाभरी
पुरा भिडियो यहाँ हेर्नुहोला 🙏👇️
प्रतिक्रिया