२०८१ असार २ गते आइतबारको दिन किरात सभ्यता सस्कृती तथा मुन्दुम संरक्षण केन्द्रले किरात समुदायको सांस्कृतिक मुन्दुमी नायकहरु नछुङ/नाक्छो/माङ्पा/नागिरे/माबी/कुबि/दोवा/पासिङ/ज्वाम्चो/वाटाङपा/बुङ्पेन्मी/मोपो/तङसाबुङ/येबा/येमा/फेदाङमा समग्र धामी बिजुवाहरुलाई संरक्षण प्रबर्द्धन गरेर मुन्दुमी ज्ञान पुस्ताहस्तान्तरण गर्नको लागि माङ्पा संरक्षण समितीको केन्द्रिय संयोजक ढक बहादुर राई ज्युको सयोजकत्वमा बसेको भेलाले श्री चतुर्मान राईको अध्यक्षतामा ९ सदस्य माङ्पा संरक्षण समिती भोजपुर जिल्ला तदर्थ समिति गठन गरिएको छ।
उक्त कार्यक्रममा प्रमुख आतिथ्यताको रुपमा पुर्व सांसद तथा राष्ट्रियपतिको अर्थिबिज्ञ सल्लाहकार श्री धनहर्क राई त्यसैगरी विशेष आतिथ्यताको रुपमा पुर्व गा.बि.स अध्यक्ष श्री मोहोन कुमार राई र पुर्व वडा अध्यक्ष नन्द प्रसाद राई साथै विभिन्न बुद्धिजीवी,भद्रभलाद्द्मी सांस्कृतिक अगुवाहरुको उपस्थिति रहेको थियो। साथै उक्त भेलाले श्री राजेन्द्र राइको सयोजकत्व ७ सदस्य माङ्पा संरक्षण समिती भोजपुर जिला समिती गठन गरिएको छ।
उक्त माङमा संरक्षण भोजपुर जिल्ला तदर्थ समितिमा अध्यक्षः-चतुरमान राई (माङ्पा)
उपाध्यक्षः-सुमन राई (माङ्पा)
सचीबः-मान कुमार राई (माङ्पा)
सह-सचीबः-ध्यान बहादुर राई (माङपा)
कोषाध्यक्षः- दल बहादुर राई (माङपा)
सदस्यः-पुर्ण बहादुर राई (माङपा)
सदस्यः- कृष्णदल राई (माङपा)
सदस्यः- दल बहादुर राई (माङ्पा)
सदस्यः- सुब्बा राई (माङपा)
चयन हुनु भएको छ भने माङ्पा संरक्षण समन्वय समितिमा संयोजकः- श्री राजेन्द्र राई
सदस्यः- श्री रमेश राई
सदस्यः- श्रि नबिन राई
सदस्यः- श्रि मनिकुमार राई
सदस्यः- श्रि शुक्र बहादुर राई
सदस्यः- श्रि अरुण लता राई
सदस्यः- श्रि सुव राई
चयन हुनुभएको छ।
त्यसै गरेर माङ्पा संरक्षण भोजपुर जिल्ला तदर्थ समितीको सल्लाहकारहरुमा
सल्लाहकारः- श्रि धनहर्क राई (पुर्व संसद/राष्ट्रपति अर्थबिज्ञ सल्लाहकार)
सल्लाहकारः- धन ब राई (पुर्व गाविस अध्यक्ष)
सल्लाहकारः- नन्द प्रसाद राई(पुर्व वडा अध्यक्ष) चयन हुनु भएको छ।
किरातिहरुको मुन्दुम रिसिया संकटमा आएको हुनाले मुन्दुम रिसिया संरक्षण प्रबर्द्धन गर्न मुन्दुम रिसिया सङकलन गर्न किरातिहरुको सांस्कृतिक नायक नछुङ/नाक्छो/माङ्पा/नागिरे/माबी/कुबि/दोवा/पासिङ/ज्वाम्चो/वाटाङपा/बुङ्पेन्मी/मोपो/तङसाबुङ/येबा/येमा/फेदाङमाहरुलाई संरक्षण गर्न सस्थागत रुपमा सङ्गठित गरेर मुन्दुम रिसियालाई जोगाउन नयाँ पुस्ताका नछुङ माङ्पाहरुलाई मुन्दुमी ज्ञान पुस्ताहस्तान्तर गर्न भोजपुर जिल्ला माङ्पा संरक्षण समिति गठन गरिएको कुरा माङ्पा समितिका केन्द्रिय संयोजक ढक बहादुर राई ज्युले बताउनु भएको छ।
उक्त कार्यक्रममा माङ्पा संरक्षण भोजपुर जिल्ला तदर्थ समितिलाई सस्थागत रुपमा स्थापित गराउन र किरात सभ्यता सस्कृती तथा मुन्दुम केन्द्र लाई सस्थागत रुपमा अघि बढाउने सस्थाको उदेश्य रहेछ।
पछिल्लो समयमा किरातिहरुको सांस्कृतिक अगुवा नछुङ/नाक्छो/माङ्पा/नागिरे/माबी/कुबि/दोवा/पासिङ/ज्वाम्चो/वाटाङपा/बुङ्पेन्मी/मोपो/तङसाबुङ/येबा/येमा/फेदाङमा जस्ता धामी विजुवाहरु चाहिँ वृद्ध अवस्था भैइरहेको र उहाँहरुमा भएको मुन्दुमि ज्ञान र मुन्दुम रिसिया संरक्षण प्रबर्द्धन गर्न नसकिरहेको र नयाँ पुस्तामा ज्ञान हस्तान्तरण पुस्तान्तरण गर्न नसकिरहेकोले नछुङ माङ्पालाई संरक्षण गर्नुपर्ने सस्थागत रुपमा सङ्गठित गरेर अघि बढनुपर्ने त्यसै गरेर किरातिहरुको किरात सभ्यताकालिन ऐतिहासिक स्थलहरु गढी दरवारहरु किरात धार्मिक सास्कृतिक स्थलहरुलाई भौतिकिकरण गर्नुपर्ने,किरातिहरुको मुन्दुम र रिसियाहरुलाई संरक्षण प्रबर्द्धन गरेर अभिलेखिकरण दस्तावेजिकरण गर्दै विस्वब्यापी रुपमा किरात सांस्कृतिक पुनःजागरणको अभियानलाई अगाडि बढाएर महान किरात सभ्यताको जग पुनर्स्थापना गर्ने उदेश्य सहित किरात सभ्यता सस्कृती तथा मुन्दुम केन्द्र गठन गरिएको कुरा किरात सभ्यता सस्कृती तथा मुन्दुम संरक्षण केन्द्रका अध्यक्ष मुलघरे कान्छा(राजेन खिम्बुले राई) ज्युले बताउनु भयो।
प्रतिक्रिया