Uncategorized

याक्थुङ मुन्चईत चोक सयङ को चौथोँ अधिबेशनबाट सागर केरुङको अध्यक्षतामा २१ सदस्यीय समिती चयन



असार ५, काठमाडौँ

काठमाडौं स्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ अर्थात limbu Flim Maker Association को चौँथो राष्ट्रिय महाधिवेशनद्वारा सागर केरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

 


असार ४ र ५ गते नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

 

 

 


२१ सदस्यिय कार्यसमितिमा अध्यक्ष – सागर केरुङ्,उपाध्यक्ष – बबिता फोम्बो,उपाध्यक्ष – पूर्ण सेलिङ्, महासचिव – रुपा आङ्ङबुहाङ्,सचिव – दिनेश माङमु,सचिव – लोकेन साँवा ,कोषाध्यक्ष – हाङ चेम्जोङ्,सदस्य – दिनेश लिङ्देन् ,सदस्य – रुद्र पाहिम ,सदस्य – मोनी ताम्लिङ्,सदस्य – लक्ष्मी योङ्हाङ्,सदस्य – नरेश वनेम , सदस्य – सन्देश सुब्बा ,सदस्य – मनु थक्लुङ्,सदस्य – शैलेन्द्र थेबे ,सदस्य – तुलसा लिम्बु,सदस्य – पर्शु थलङ् ,सदस्य – बिपना आङ्बुहाङ्,सदस्य – अमर तुम्बापो ,सदस्य – कृष्ण थलङ्,सदस्य – याम नेयोङ् सल्लाहकारहरु निवर्तमान अध्यक्ष
सुर्यप्रकाश चेम्जोङ्,नविन सुब्बा ,किशोर सुब्बा
,प्रेम सुब्बा ,मौसम इम्बुङ्,सागर सुब्बा,यासेली योङ्हाङ् र सृजना सुब्बा रहनुभएको छ।

 

याक्थुङ मुन्चइत् चोक सयङको समसामयिक प्रस्तावहरु :

याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित् चुम्लुङहिममा मिति २०८१ साल असार ४ र ५ गते नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । जिल्ला र प्रदेशहरुद्वारा प्रस्तुत प्रतिवेदनहरु, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, अध्यक्षद्वारा प्रस्तुत संस्थागत प्रतिवेदनहरुमाथि छलफल गरि निम्नलिखित समसामयिक प्रस्तावहरु सर्वसम्मतले पारित गर्दछ ।

१, लिम्बु चलचित्रहरुको सेन्सर प्रक्रियामा याक्थुङ मुन्चइत् चोक सयङ्लाइ अनिवार्य सहभागी गर्न,गराउन चलचित्र विकास बोर्डसंग समन्वय गर्ने । लिम्बु चलचित्रलाइ सेन्सर गर्ने प्रक्रियामा बोर्डका सदस्यहरुलाई दिइने तलब भत्ता तथा विविध पक्षहरु सरकारलेनै व्यवस्थापन गर्न, गराउन माग गर्ने ।

२, ‘याक्थुङ स्टोरी बैंक’लाइ व्यवस्थित गर्न, अन्तराष्ट्रिय कथा प्रतियोगितालाइ निरन्तरता दिने र  बैंकमा भएका कथाहरुलाई चलचित्र निर्माण गर्ने ।

३, कक्षा ८ देखि १२ सम्मका याक्थुङ बिधार्थीहरुलाई ‘लिम्बु चलचित्र शिक्षा’बारे प्रशिक्षित गर्ने र अभियान संचालन गर्ने ।

५, सम्पूर्ण चलचित्रकर्मीहरुको संरक्षण, सम्बर्द्धन र विकासको लागि ‘याक्थुङ मुन्चइत् सयङ् कोष’ स्थापना गर्ने ।

४, ‘याक्थुङ स्टोरी सेन्सर बोर्ड’को कार्यविधि निर्माण गरि सिफारिस प्रक्रियालाई व्यवस्थित गर्ने ।

६, राष्ट्रिय/अन्तराष्ट्रियस्तरको चलचित्र महोत्सवहरु आयोजना गर्ने ।

७,लिम्बु चलचित्र बजार व्यवस्थापनको लागि ताप्लेजुङ, पान्थर, तेह्रथुम, धनकुटा, संखुवासभा लगायत क्षेत्रहरुमा ‘घुम्ती चलचित्र घर’ निर्माणको अभियान संचालन गर्ने ।

८, विभिन्न विधालयमा अध्यन/अध्यापन हुने लिम्बु भाषाका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुमा लिम्बु चलचित्रको बिषयलाई समेट्न पाठ्यक्रम निर्माण समितिसंग समन्वय गर्ने ।

९, लिम्बु चलचित्र निर्माणलाइ विश्वबजारसम्म पुर्याउन राष्टिय/अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुद्वारा ‘चलचिक्र निर्माण’ सम्बन्धि तालिम संचालन गरि दक्ष जनशत्ति निर्माण गर्ने ।

१०, लिम्बु चलचित्र अवार्ड आयोजना गर्ने ।

११, प्रवासमा रहेर काम गरिरहेका डायस्पोरिक लिम्बू कलाकारहरुलाइ समन्वय गरि अन्तर्राष्ट्रियस्तरमा गठन गरि सम्बन्धनको ब्यवस्था गर्ने ।

१२, याक्थुङ मुन्चइत चोक सयङको वेबसाइट निर्माण गरि सम्पूर्ण गतिविधिहरु निरन्तर सार्वजानिक गर्ने ।

 

१३, चौथो राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित नयाँ कार्यसमिति –
अध्यक्ष – सागर केरुङ्
उपाध्यक्ष – बबिता फोम्बो
उपाध्यक्ष – पूर्ण सेलिङ्
महासचिव – रुपा आङ्ङबुहाङ्
सचिव – दिनेश माङमु
सचिव – लोकेन साँवा
कोषाध्यक्ष – हाङ चेम्जोङ्
सदस्य – दिनेश लिङ्देन्
सदस्य – रुद्र पाहिम
सदस्य – मोनी ताम्लिङ्
सदस्य – लक्ष्मी योङ्हाङ्
सदस्य – नरेश वनेम
सदस्य – सन्देश सुब्बा
सदस्य – मनु थक्लुङ्
सदस्य – शैलेन्द्र थेबे
सदस्य – तुलसा लिम्बु
सदस्य – पर्शु थलङ्
सदस्य – बिपना आङ्बुहाङ्
सदस्य – अमर तुम्बापो
सदस्य – कृष्ण थलङ्
सदस्य – याम नेयोङ्
निवर्तमान अध्यक्ष
सुर्यप्रकाश चेम्जोङ्
सल्लाहकार
नविन सुब्बा
किशोर सुब्बा
प्रेम सुब्बा
मौसम इम्बुङ्
सागर सुब्बा
यासेली योङ्हाङ्
सृजना सुब्बा

रुपा आङ्बुहाङ्             सागर केरुङ
(महासचिव)                 (अध्यक्ष)

इति सम्बत २०८१ साल असार ५ गते, चुम्लुङ्हिम काठमाडौ, नेवा;ताम्सालिङ नेपाल ।

प्रकाशित : ६ असार २०८१, बुधबार ००:००