कोशी प्रदेश नाम खारेजका लागि सोलुखुम्बुमा पनि आन्दोलन सुरु गरिएको छ । कोशी नाम खारेज संर्घष समितिले आज विहिबार सदरमुकाम सल्लेरीमा ¥यालीसहित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन-पत्र पेश गरेको हो ।
कोशी प्रदेश पुनः नामकरण संर्षष समिति सचिवालय सदस्य ल्हाक्पा शेर्पाको विशेष उपस्थितीमा भएको कार्यक्रममा पुन नामकरण नभएसम्म आन्दोलन जारी रहने नाम खारेजी संर्घष समितिका जिल्ला संयोजक राम संर्घष किरातीले बताउनुभभयो ।
‘कोशी नाम खारेज गर, कोशी प्रदेश मुर्दावाद, कोशी प्रदेश चाहिदैन, पहिचान मेट्न पाईदैन’ लगायतका नारासहित सल्लेरीको आवाडाँडाबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरी कोणसभामा परिणत भएको थियो । आन्दोलनमा जिल्ला स्थित विभिन्न जातीय संघहरुले पनि ऐक्यवद्धता जनाएका छन् । ¥यालीमा पहिचादवादी नेता तथा नागरिकहरु गरी करिब ६० जनाको उपस्थिती रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया