गृह पृष्ठ

थुलुङ दुधकोशी अस्पतालमा चौथो शल्यक्रिया सफल



थुलुङ दुधकोशी अस्पतालमा चौथो पटक शल्यक्रिया मार्फत सफल प्रसुती गराएका छन । आज थुलुङ दुधकोशी गाउँपालिका- ९, लोखिम निवासी २२ वर्षीया मिलन माया तामाङले शल्यक्रिया द्वारा राती १२:२० बजे छोरीलाई जन्म दिनु भएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईले शल्यक्रियामा खट्नुहुने MDGP डाक्टर अजय चौधरीको टिमलाई धन्यवाद साथै माया तामाङको परिवारलाई हार्दिक बधाई साथै नयाँ मान्छेलाई यस धर्तीमा हार्दिक स्वागत गर्नुभएकाे छ ।

विशेषज्ञ डाक्टरसहित सेवा सुरु गरेको दुधकोशी सामुदायिक अस्पतालले गाउँमै अप्रेसन सेवा समेत सुरु गरेपछि तल्लो क्षेत्रका गर्भवती महिला तथा सुत्केरीहरुलाई सहज भएको छ । अप्रेसनका लागि खर्च गरेर सुविधा सम्पन्न स्वास्थ्य संस्था धाउँनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै नागरिकहरु खुसी भएका छन् ।

ग्रामीण भेगमा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानले सार्थकता पाउँदै गएको गाउँपालिकाका अध्यक्ष असिम राईले बताउनुभयो ।सुत्केरी हुन लागेका गर्भवती महिला दिदिबहिनीहरुले चाँडो उपचार नपाउँदा ज्यान गुमाउँन पर्ने अवस्थाको यसले अन्त्य गरेको वहाँको प्रतिक्रिया छ।दक्ष नेतृत्वका कारण ग्रामीण भेगका जनताले यो अवसरको उपयोग गर्न पाएको भन्दै स्थानीयले अध्यक्ष असिम राईको प्रशंसा गर्ने गरेका छन्।

प्रकाशित : १३ असार २०८१, बुधबार ००:००