गृह पृष्ठ

धन्तेरसका दिन चाँदी र सुनको सिक्का लिनका लागि सर्वसाधारणको भीड


१३ कार्तिक २०८१, मंगलबार ००:००


काठमाडौं, धन्तेरसका दिन नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेका नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि मंगलबार धन्तेरसका दिन मुद्रा व्यवस्थापन बिभाग टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको हो।

चाँदी र सुनको सिक्का लिनका लागि टक्सार महाशखाको बाहिर लामो लाइनमा सर्वसाधारण उभिएका थिए। पहिला आउनेलाई प्राथमिकता दिएर चाँदी र सुनको सिक्का बिक्रि बितरण गरिएको टक्सार महाशाखाकी कार्यवाहक निर्देशक सम्झना ढकालले जानकारी दिइन्। तीहारका अवसरमा राष्ट्र बैंकले हरेक बर्ष नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का बिक्रि बितरण गर्दै आएको छ।

याे पनि पढनुहाेसः

काठमाडौं, बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो ।

सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए । नेपाल हाउस क्षेत्रलाई पनि प्रहरीले निषेधित क्षेत्र तोकेको थियो । त्यहाँबाट आफूहरु निस्किँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको रास्वपाका नेताहरुले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।

बाँकी नेता–कार्यकर्ताहरुलाई प्रहरीले बालुवाटारभन्दा बाहिर पठाइरहेको छ । त्यहीँ उनीहरुले सरकारले धरपकड गरेको भन्दै नाराबाजी गरिरहेका छन् । आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको थियो ।

कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तयारी थियो । १२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्ने भनिएको थियो ।

तर प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुको पूर्वनिर्धारित कार्यक्रम तालिका प्रभावित भएको छ । पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित : १३ कार्तिक २०८१, मंगलबार ००:००