Uncategorized

उपत्यकामा बृहत माङ्लाङ् ताक्मा सेवा सम्पन्न (तस्बिर सहित)


१६ श्रावण २०८१, बुधबार ००:००


श्रावण १६,काठमाडौँ

 

• राजेन्द्र केरुङ

 

खिर खाने दिन साथै बृहद माङ्लाङ ताक्मा सेवा २०८१ सफल्तापुर्वक सम्पन्न भएको छ।

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको प्रमुख आयोजनामा किरात माङ्सेसे हाङ्साङ माङ्हिम लुभु ललितपुरको शुन्दर माङ्हिममा साक्मुरा वादेम्मा,कुदाप कुई , युमा थेबा , सुम्निसा साथै ङा-लाधुङ सेमी सेवा सम्पन्न गरिएको हो।

 

DCIM100GOPROGOPR0064.JPG

सेवामा किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समितिका अध्यक्ष श्री जीवन कुमार सुनुवार, माङ्सेसे माङहिमका अध्यक्ष ज्ञानु इजम, कि.ध.सा.उ.सं केन्द्रिय सदस्य सुर्यबिक्रम चेम्जोङ, माङ्सेसे माङहिम जग्गा फिर्ती अभियान समिती संयोजक ज्ञानेन्द्र कुरुम्बाङ सहित उपत्यकाका विभिन्न जिल्लाका करिब ५० श्रद्वालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

DCIM100GOPROGOPR0053.JPG

किरात साम्जिक मुन्धुम अनुसार साउन १ गते देखि १५ गतेसम्म माङहरु गुफा साधनामा बस्छन भन्ने मान्यता रहिआएको छ।

 

यक्वा तङ्नाम अर्थात माघ महिना देखि किरातीहरुको खनजोत,खेतिपातीको सिजन सुरु हुने गर्दछ। खेतबारीमा काम गर्दा अनेकौं किराफट्याङ्रा,जिव जनावर,किटपतङ्ग हरुले ज्यान गुमाउने गर्दछन।

 

 

माघ देखि असार मसान्त सम्म कृषि कर्म गर्नेक्रममा अनाहकमा ज्यान गुमाउने ती निर्दोष किराफट्याङ्ग्रा,जिव जनावरहरुको  मृत आत्माको चिर शान्तीको कामना गर्दै श्रावण महिनाको १५ दिन गुफा साधना गर्छन भन्ने बिश्वास रहिआएको बताउनु हुन्छ किरात साम्जिक निसामहिममा प्रधानाध्यापक तथा ज्योतिष ललित चन्द्र फियाक।

 

किरात धर्मगुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द “सेइङ” का अनुसार सोही गुफा साधनामा रहेका माङहरुलाई असार मसान्तमा बिदाई र श्रावण १५ गते सेवा  पुजा गर्दै  भब्य स्वागत माङताक्मा गर्नुपर्ने परम्परा रहिआएको बताउँनुहुन्छ।

त्यसदिन देखि साविक रुपमा ठुला-ठुला सेवा पुजाको साईत खुल्ने धार्मिक बिश्वास रहिआएको छ।

 

 

 

प्रकाशित : १६ श्रावण २०८१, बुधबार ००:००