वैदेशिक रोजगारीकाे क्रममा मृत्यु भएका श्रमिकका परिवारले १० लाख पाउने

काठमाडौँ, वैदेशिक रोजगारीकाे क्रममा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो । हाल वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । उक्त […]

Continue Reading

एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने -गृहमन्त्री लेखक

काठमाडौँ,गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताएका छन् । बाढी, पहिरो प्रभावित जिल्लाको मंगलबार स्थलगत अवलोकन गर्न सिन्धुलीको खुर्कोट पुगेका मन्त्री लेखकले स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै विपद्बाट सबैभन्दा बढी क्षति भएको बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको […]

Continue Reading

सरकारले थप ५७ हिमालमा आरोहण खुल्ला

काठमाडौं, सरकारले थप ५७ हिमालमा आरोहण खुल्ला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा […]

Continue Reading

दशैंमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटयाे

काठमाडौँ, यस बर्ष दशैंमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैंका लागि काठमाडौं छाडेका छन् । पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् । गत वर्ष […]

Continue Reading

खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका मनाउँदै

काठमाडौं,दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको […]

Continue Reading

राष्ट्रपति समक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन प्रस्तुत भएकाे छ । निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवनमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो । राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र राष्ट्रिय महिला आयोगकी अध्यक्ष […]

Continue Reading

पुण्य गौतममाथि निर्घात कुटपिट,आइसियुमा उपचार हुदैँ

काठमाडाैँ,सामाजीक अभियान्ता पुण्य गौतममाथि निर्घात कुटपिट भएको छ। सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा न. ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा गौतममाथि कुटपिट भएको हो। गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्। गौतमलाई नेपाल मेडिकल कलेज […]

Continue Reading

नेपाल राष्ट्र बैङ्कले चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढायाे

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ । बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो । संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । बैंकको टक्सार महाशाखा यसअघि ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको २५ ग्रामको गाई मेडालियन, […]

Continue Reading

पूर्व–पश्चिम राजमार्गको सडकखण्ड विस्तारको काम ठप्प,सडक क्षेत्रमै फल्यो धान

काठमाडाैँ, पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम यतिबेला ठप्प भएकाे छ । विस्तारको काम रोकिएपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं.५ मा पर्ने सडक क्षेत्रका खाल्डामा धान फलेको देखिन्छ । गत असारदेखि नै नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नेपालीहरुका प्रमुख चाडब दशैं–तिहारका बेलामा पनि साँघुरो र खाल्डाखुल्डी सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता […]

Continue Reading

बाढी प्रभावित क्षेत्रको जानकारी लिन सङ्घीय सरकारका ३ मन्त्री खुर्कोटमा

काठमाडाैँ, सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री त्यहाँ पुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट पुगेका हुन् । उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका […]

Continue Reading