कांग्रेस सोलुको ‘आन्तरिक विशेष अभियान’ सुरू

नेपाली कांग्रेस सोलुखुम्बुले संगठन सुदृढीकरणका लागि ‘आन्तरिक विशेष अभियान’ सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार आज शनिबारबाट विशेष आन्तरिक अभियान सुरु गरेको हो । अभियानको केन्द्रीय प्रतिनिधि एवं पार्टी केन्द्रीय सदस्य शुशीला ढकाल आच...

नक्कली सर्टिफिकेटधारी डाक्टर पक्राउ, पक्राउ पर्नेको सङ्ख्या ७ पुग्यो

काठमाडौँ । प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट...

खोटाङ बाम्राङ सिरिसेका एक वृद्ध मृत फेला

खोटाङ बाम्राङ सिरिसेका एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का ७३ वर्षीय शम्शेर राई आज आइतबार बिहान रुखको फेदमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनी घाँस काट्न रुखमा चढ्दा लडेर मृत्यु ...

‘चरी’ र ‘घैँटे’को इन्काउन्टरपछि पलायन भएका गुण्डा फेरि सलबलाए

काठमाडौँ । कुनै बेला काठमाडौँमा ‘गुण्डाराज’ चल्थ्यो । गुण्डाराज अन्त्य गर्न प्रहरीले गोली चलाउने नीति लियो । २०७१ र २०७२ मा प्रहरीको कारबाहीमा कहलिएका गुण्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ मारिए । दुई वटा इन्काउन्टरसँगै साजन महर...

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ

काठमाडौँ । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलासहित २८ जना रहेको टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँका डी...

समानान्तर एनआरएनए दर्ता गर्न सर्वोच्चको आदेशपछि हल्लीखल्ली मच्चिए

काठमाडौँ । सर्वोच्च अदालतले समानान्तर एनआरएनए (गैरआवासीय नेपाली सङ्घ) दर्ता गर्न बाटो खुला गरिदिएसँगै सो संस्थामा हल्लीखल्ली मच्चिएको छ । सङ्घका पूर्व उपाध्यक्ष सोनाम लामाको रिट निवेदनका आधारमा सर्वोच्चले समानान्तर संस्था दर्ता गर्न आदेश दिएसँगै हल...

तस्करीको १०० किलो सुनका ‘मालिक’ साधारण ‘ज्यामी’ भएको खुलासा

काठमाडौँ । विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब एक सय केजी अवैध सुनका मालिक कुनै धनाढ्य नभएर निर्माणस्थलमा काम गर्ने एक साधारण ‘ज्यामी’ भएको खुलेको छ । काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेल नै अहिलेसम्मको अवस्थामा एक सय किलो...

दुर्गा प्रसाईंसँग ३० करोड माग, ‘कात्रो तयार राख्नु’ भन्दै धम्की दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपैयाँको माग गर्दै नदिए ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्राउ गरेको छ । खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई सीआ...

विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम

काठमाडौं, चालु आर्थिक वर्ष २०७९/८० मा विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड यसवर्ष तोडिएको हो । आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृ...

खोटाङमा ठुलो आवाजसहित भेटिएको अनौठो ढुंगा नाष्ट पठाइयो

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–१ याम्खामा भेटिएको अनौठो ढुंगा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) पठाइएको छ । बुधबार दिउँसो अन्दाजी साढे तीन बजे विष्पोटक पदार्थ पड्किएझै ठुलो आवाजसहित किसानको खेतमा फ...