खोटाङ बाम्राङ सिरिसेका एक वृद्ध मृत फेला

खोटाङ बाम्राङ सिरिसेका एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का ७३ वर्षीय शम्शेर राई आज आइतबार बिहान रुखको फेदमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनी घाँस काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी पुगेर कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आएका राईको शनिबार बेलुकी नै मृत्यु भएको हुन सक्ने वडा अध्यक्ष महेन्द्र राईको अनुमान छ ।