उडान बन्द हुँदा लुक्लाको विद्युत मेसिन ३ महिनादेखि फाप्लुमै अलपत्र

गृह पृष्ठ ताजा घटना मुख्य खवर विचित्र संसार समाचार समाज सूचना-प्रविधि

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्लाको माईक्रो हाईड्रोपावरको विद्युत सामाग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरबाट सामाग्री ढुवानीमा रोक लगाएसँगै उक्त सामाग्रीहरु ३ महिनादेखि फाप्लु एयरपोर्टमै रोकिएको हो ।

काठमाण्डौँबाट ल्याइएको विद्युत सामाग्रीहरु मध्ये सानो सामानहरु जहाज मार्फत लुक्ला लगिएको छ भने हेलिकप्टरमा सिलिङ गरेर लैजानुपर्ने ठुला सामाग्रीहरु भने फाप्लुमै अलपत्र परेको लुक्लाका वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताउनुभयो । उहाँका अनुसार विद्युतको टरवाइन, जेनेरेटर, विद्युत हिटर, ट्रान्सफरमर, कन्ट्रोल प्यानल लगायतका वजनदार समाग्रीहरु फाप्लु एयरपोर्टमै थन्किएका छन् ।

सामाग्री लैजान वडा कार्यालयले प्राधिकरणलाई पत्र नै काटेपनि सुनुवाई नहुँदा समस्या भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । सामाग्री नपुग्दा लुक्लाको बमखोला लघुजलविद्युत आयोजनाको एउटा गृहको विद्युत उत्पादन ठप्प रहेको छ । लुक्ला क्षेत्रका करिब ४५० घरधुरीका लागि सो आयोजनाले २ वटा विद्युत गृहबाट विद्युत उत्पादन गर्दै आएको करिब १६ वर्ष अघि स्थापना गरेको विद्युतमा खराबी आएका कारण मुख्य मेसिन नै परिवर्तन गरिएको बताइएको छ ।

मुख्य विद्युत मेसिन बन्द भएपछि लुक्लामा सानो मेसिनबाट उत्पादित विद्युत मात्रै वितरण गरिदै आएको वडाध्यक्ष समेत रहनुभएका विद्युत उपभोक्ता समिति अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो । जसका कारण लुक्लामा अहिले दैनिक ३ घण्टा सम्म लोडसेडिङ हुने गरेको बताइएको छ । सडक नपुगेका कारण खुम्मबु क्षेत्रमा सामाग्री ढुवानीका लागि उडानकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

यातयातका साधन पुग्न नसकेको लुक्ला क्षेत्रमा हरेक सामाग्री ढुवानीमा हेलिकप्टर कै भरपर्नु परेको समयमा प्राधिकरणले उडानमा कडाई गर्दा खुम्बुबासीलाई ठुलो मार परेको स्थानीय टासी शेर्पाले बताउनुभयो । जसका कारण लुक्लाका नागरिकहरु आक्रोसित रहेको उहाँको भनाई छ । यता नेपाल नागरिक उड्यन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमबाट हेलिकप्टरलाई सिलिङ उडानको अनुमती दिने बताएको छ ।

गत असार २६ गते मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाई गरेको हो । प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिदै सेप्टेम्बर अन्तिम सम्मका लागि हेलिकप्टर मार्फत हुने सामाग्री ढुवानीलाई रोक लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *