महाकुलुङ गाउँपालिकाबाट ५ जना मोतिविन्दुका बिरामी छनौट

गृह पृष्ठ मुख्य खवर विशेष समाचार समाज स्वास्थ्य

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट ५ जना मोतिविन्दुका बिरामी छनौट भएका छन् । महाकुलुङ गाउँपालिका १ बुङ स्थित महाकुलुङ प्राथमिक अस्पतालमा आज बिहीबार सम्पन्न मोतिविन्दु छनौट शिविरबाट ५ जना मोतिविन्दु शल्यकृयाका लागि छनौट भएका हुन् ।

शिविरमा १४७ जनाले नेत्र सेवा लिएकोमा ५ जनामा मोतिविन्दु देखिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच, दृष्टि परिक्षण, मोतिविन्दु छ्नोट लगायतको सेवा प्रदान गरिएको हो ।

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँको सहकार्य तथा सम्बन्धित पालिकाहरुसँगको समन्वयमा जिल्लाको विभिन्न स्थानहरुमा निशुल्क मोतिविन्दु छनौट शिविर सञ्चालन गरिरहेको छ । शिविरमा छनौट भएका बिरामीहरुको असोज २८ र २९ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा सशुल्क शल्यकृया गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *