महाकुलुङमा ३ हजार बढीलाई लागइयो कोभिड विरुद्धको खोप

सोलुखुम्बु महाकुलुङमा कोभिड विरुद्धको फाइजर खोप अभियान सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा गत १३ गतेबाट सुरु भएको खोप अभियानमा गाउँपालिकाका ३ हजार भन्दा बढीलाई खोप लगाएर आज सम्पन्न गरिएको हो । गाउँपालिकाका ५ ओटै वडाका ३ हजार ७४ जनालाई यो खोप लगाइएको हो ।

पहिले र दोश्रो मात्रा लगाइसकेका नागरिकलाई यो पटक गाउँपालिकाले बुष्टर डोज मात्रा खोप लगाएको हो । यो अवधिमा गाउँपालिकाको वडा नम्बर १ महाकुलुङ प्राथमिक अस्पतालमा सञ्चालन गरेको अभियानमा बुङमा ५६ जना पुरुष र ११८ महिला गरि जम्मा ९३६ जनाले खेप लगाएका छन ।

यस्तै गाउँपालिकाको वडा नम्बर २ को आधारभुत स्वास्थ्य सेवा केन्द्र पेल्माङबाट १५८ महिला र ७९ पुरुष गरि जम्मा २ सय ३७ जनाले, वडा नम्बर ३ को छेस्काम आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ६ सय ६२ महिला र ३ सय ८१ पुरुष गरि जम्मा १ हजार ४३ जनाले वडा न ४ को आधारभूत स्वास्थ्य सेवाकेन्द्र तुमाऊबाट ३ सय ४५ जना महिला र २ सय ४ पुरुष गरि जम्मा ४ सय ४९ जनाले कोभिड विरुद्धको खोप लगाएका छन । यस्तै वडा न ५को स्वास्थ्य चौकी गुदेल खेप केन्द्बाट ३०९ जनाले खोप लगाएका छन ।

स्वास्थ्य कार्यलय सोलुखुम्बुको आयोजनामा सम्प्नन खोप अभियान सम्पन्न कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी , शिक्षक , विद्यार्थी , जनप्रतिनिधि , सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।