आत्मानन्द कप १६औं संस्करण मंंसिर ८-२० सम्म आयोजना हुँदै

माङ्सेबुङ १६ कार्तिक

          आउँदो मंसिर ८–२० गते सम्म किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा “आत्मानन्द कप”  पुरुष फुटबल प्रतियोगिता २०८० हुने भएको छ।

आत्मानन्द कपको यस संस्करणमा नेपाल,भारत र भुटानका आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहने भएको छ।

     आत्मा पवित्र हक्चात यक्चुम आयोजक रहेको उक्त खेल माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने यक्चुम का अध्यक्ष मन कुमार आङबुहाङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 यसपटक आत्मानन्द कप प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ , गोलबजार स्पोर्टिङ क्लब सिराहा, माङ्सेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानको सहभागिता रहने  आयोजक समितिका अध्यक्ष ‍आङबुहाङले जानकारी दिएका छन् ।

विजेताले ट्रफीसहित नगद रु. ३,११, १७० (तीन लाख एघार हजार एक सय सत्तरी) र उपविजेताले ट्रफीसहित रु. २,०५,१६९ (दुई लाख पाँच हजार एक सय सत्तरी) पुरस्कार प्राप्त गर्नेछन ।

अतिरिक्त खेलतर्फ म्याराथन, पक्लुङ लेप्मा (छेलो हान्ने), धनुकाड , भलिबल, हाडी फुटाउने, कराँतेलगायतका खेल आयोजना हुने भएको छ ।

बि.सं. २०६५ सालदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको खेलको १६ औं संस्करण हो । किरात धर्मगुरु मुहिङ्गुम अङ्सिमाङ आत्मानन्द लिङदेन ज्यु को ५५ औं शुभजन्मोत्सब देखी आयोजना गरिदैँ आएको हो।

गतसालको आत्मनन्द कप छथर गाउँपालिका तेह्रथुम  टिमले जितेको थियो |