कलाकार मिरा फियाकले हात पारिन राष्ट्रीय आदिवासी फिल्म तथा म्युजिक भिडियो अवार्ड २०८१ मा लिम्बू नयाँ महिला उत्कृष्ट मोडलको अवार्ड

मनोरञ्जन

•राजेन्द्र केरुङ

 

असार २८, काठमाडौँ

राष्ट्रीय आदिवासी फिल्म तथा म्युजिक भिडियो अवार्ड २०८१ मा लिम्बू नयाँ महिला उत्कृष्ट मोडलको अवार्ड कलाकार मिरा फियाक ले जित्नुभएको छ।

 


राजधानीको राष्ट्रिय नाचघर जमलमा बिहिबार सम्पन्न उक्त अवार्डमा ट्रफी सहित प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झाको उपस्थितिमा नेपालका आदिवासी जनजाति समुदायको कला भेषभुषा गित सङ्गित तथा चलचित्र संरक्षण, सम्बर्द्वन एवं प्रवद्वनको लागि आयोजना गरिएको  हो।

 

 

एकता र भातृत्वको महान अभियान,आदिवासी जनजातीको साँस्कृतिक पहिचान भन्ने मुल नाराका साथ दोश्रो संस्करणमा आदिबासी जनजाती सङ्ग  सम्बन्धित विभिन्न म्युजिक भिडियो,चलचित्र,मोडल,भेषभुषा लगायत २ दर्जन बढी क्षेत्रको अवार्ड बितरण गरिएको थियो।

 

 


के मुङी लाङ्मारो ,निङ्वासुम ११,थोक्फेला ५,सेमेक्वा २,आम्बी,निभुले यङ घङ,सुम्हालुङ,केवालुङ,फेजङ नु तमाखे,यो जीवन तिम्रै जिम्मा
सहित करिब २ दर्जनको हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएकी मिरा पछिल्लो समय सबैको रोजाईमा पर्नुहुन्छ।

पछिल्लो समय मिम्जिरे मिक्तोक शिर्षकको पालामको लेखन, कथा र निर्देशन गर्नुभएको पालाम सबै दर्शकले उत्तिकै रुचाएका छन।

 

 

मिरा फियाक को पछिल्लो पालाम (मिम्जिरे मिक्तोक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *