२८ भाद्र/काठमाडौँ
•राजेन्द्र केरुङ
गायिका थोक्फेला लिङ्देन र गायक बिक्रम एक्तेनको स्वरमा सजिएको अङ्दङफुङ बोलको पालाम को छायांकन सम्पन्न भएको छ।
बेदन लुम्फुङ्वा को शब्द रहेको छ भने लय सङ्कलन राजु आङ्देम्बे,सङ्गित संयोजन मनोज साङ्सोन राईको रहेको छ।
उक्त पालाम मा स्वस्तिका योङ्हाङ र हाङफुङ लिम्बू ले सहायक स्वरमा साथ दिएका छन।
किङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको पालाम लाई शुरेश राईले रेकर्ड गरेका छन भने
राजु कार्कीले मिक्सिङ गरेका छन।
म्युजिक भिडियोमा बिक्रम एक्तेन, तानाम तान्छो लावती, हाङ्फुङ लिम्बू , अनिल चेम्जोङ ,राजेन्द्र केरुङ, थोक्फेला लिङ्देन, कुमारी पालुङ्वा , बिष्णु कुमारी पालुङ्वा , मन्दिरा लिङ्देन र सोनिया लिङ्देनले अभिनय गरेका छन।
क्यामेरा/सम्पादन – कृष्ण थलङ,नोर्बु तामाङले गरेका छन भने शृङ्गार सुनिता किराँतीको रहेका छन। भिडियो कन्सेप्ट सहजीकरण बिबश नेम्बाङले गरेका छन।
आउँदो दशैँ भन्दा अगाडि नै दर्शकहरुले भिडियो हेर्न पाउने बताउनुहुन्छ गायिका थोक्फेला लिङ्देन।
पहिचान,अस्तित्व, भाषा साहित्यको लागि निरन्तर यस्ता सृजना हरु गर्दै आएको थप्नुहुन्छ गायक तथा गितकार बिक्रम येक्तेन ।
थोक्फेला लिङ्देन अफिसियल युट्युब च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक हुनेछ।
थोक्फेला लिङ्देन र बिक्रम एक्तेनको स्वरमा #अन्दङ्फुङ पालाम छायांकन सुटिङ रिपोर्ट
🙏👇️