५ असोज/काठमाडौ
•राजेन्द्र केरुङ
थोक्फेला लिङ्देन र बिक्रम एक्तेनको स्वरमा सजिएको अङ्दङफुङ बोलको पालाम को म्युजिक भिडियो सार्वजनिक भएको छ।
बेदन लुम्फुङ्वा को शब्द रहेको छ भने लय सङ्कलन राजु आङ्देम्बे,सङ्गित संयोजन मनोज साङ्सोन राईको रहेको छ।
उक्त पालाम मा स्वस्तिका योङ्हाङ र हाङफुङ लिम्बू ले सहायक स्वरमा साथ दिएका छन।किङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको पालाम लाई शुरेश राईले रेकर्ड गरेका छन भने राजु कार्कीले मिक्सिङ गरेका छन।
म्युजिक भिडियोमा बिक्रम एक्तेन, तानाम तान्छो लावती, हाङ्फुङ लिम्बू , अनिल चेम्जोङ ,राजेन्द्र केरुङ,थोक्फेला लिङ्देन, कुमारी पालुङ्वा , बिष्णु कुमारी पालुङ्वा , मन्दिरा लिङ्देन र सोनिया लिङ्देनले अभिनय गरेका छन।
क्यामेरा/सम्पादन – कृष्ण थलङ,नोर्बु तामाङले गरेका छन भने शृङ्गार सुनिता किराँतीको रहेका छन। भिडियो कन्सेप्ट सहजीकरण बिबश नेम्बाङले गरेका छन।
उक्त भिडियोलाई गायिकाकै थोक्फेला लिङ्देन अफिसियल च्यानल बाट सार्वजनिक गरिएको हो।
पूरा भिडियो हेर्नुहोला