असोज १४,काठमाडौँ
•राजेन्द्र केरुङ
लेखक तथा निर्देशक सागर केरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चे’ भोलि अर्थात असोज १५ गते विहान ११ बजे काठमाडौ कमलपोखरीस्थित सिटिसेन्टर बिग मुभिजमा प्रदर्शन हुने भएको छ।
चलचित्र प्रदर्शनको लागि समाजसेवी सलमान थलङको संयोजकत्वमा आयोजक समिति गठन भएको छ । यस्तै अर्थ संयोजकमा चलचित्रकर्मी इन्द्र शेर्पा र सदस्यहरुमा मनु थक्लुङ, नितुरानी नेम्बाङ, पूर्ण सेलिङ, रत्ना लिङदेन लावती, इन्दू फोम्बो, बिमला इवारम छन् ।
चलचित्रको मुख्य भूमिकामा विमला खजुम, सागर केरुङ, यासेली योङहाङ, निशाम तुम्बापो रहेका छन् । यस्तै, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, पदमकुमारी फियाक, प्रतिमा, कर्णहाङ सुब्बा, प्रनेश थेबे, संगीत आङ्खेवा, अभिषेक केरुङ, राजु घिमिरे, यलम्बर खम्बु, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम केरुङ लगायतको अभिनय रहेको छ ।
याक्थुङ फिल्म्स प्रा.लि. को ब्यानरमा निर्मित आदिबासीमुलक चलचित्र चे लाई सागर केरुङ,इन्दु फोम्बो, सबु लिम्बू थाम्सुहाङ ले निर्माण गर्नुभएको हो।
छायांकन युवराज राई र बिरबहादुर राईले गरेका छन भने सम्पादन पर्शुराम लिम्बू , ब्याकग्राउण्ड म्युजिक मनि ताम्लिङले गरेका छन।
शब्द सागर केरुङ , सङ्गित बुद्वराज लिम्बू र सागर केरुङ , स्वर इन्दु फोम्बो, मनि ताम्लिङ,नोगेन हाङ्सरुम्बा , राजेन्द्र केरुङ र तुलसा लिम्बुले दिएका छन।
श्रङ्गार अमृता जबेगुको रहेको छ । पाँचथरको फालेलुङ सिदिन र याङ्नाममा छायांकन गरिएको चलचित्र ‘चे’ बिकाशको नाममा हाम्रै अस्तित्व र मौलिक साँस्कृतिक सम्पदाहरुमाथी भईरहेको आक्रमणलाई मुख्य बिषय बनाईएको छ।
चलचित्र “चे” को अफिसियल ट्रेलर