उमेर हद कायम गर्न नहुने माग गर्दै अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा तोडफोड

गृह पृष्ठ राजनीति राजनीति समाचार सूचना-प्रविधि

काठमाडौं, अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ । अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिएका छन ।

तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन् । १० असोजदेखि जारी २३ राष्ट्रिय सम्मेलनमा उमेर हदका पक्षरविपक्षमा प्रतिनिधि देखिएका थिए ।

उमेर हद राख्नुपर्ने धारणाहरू प्रतिनिधिहरुबाट आएपछि मतदानबाट टुंगो लगाउने तयारी गरिएको थियो । त्यसको विरुद्धमा महरा पक्षका प्रतिनिधिहरु देखिएका हुन् । ‘अध्यक्षमा दाबी गरेका तुकमानले एउटा समूह ल्याएर सम्मेलन हल तोडफोड गरे,’ प्रतिनिधिले भने, ‘प्रहरी आएपछि भने सम्मेलन केन्द्र शान्त भएको छ ।

याे पनि पढनुहाेसः

काठमाडौँ, अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै ३१ जना बेपत्ता रहेका छन् ।
घाइतेको सङ्ख्या ९६ रहेको छ भने ३ हजार ७०५ जनाभन्दा बढीको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ । लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *