काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका पार्टी नेताहरूले बाढी प्रभावित नक्खु र भक्तपुरको हनुमन्ते क्षेत्रको स्थलगत अवलोकन गर्ने भएका छन् ।
पार्टी पदाधिकारीसहित अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोली दिउँसो सवा २ बजे नक्खु पुग्नेछन ।
आज भक्तपुरको हनुमन्तेमा साढे तीन बजे पुग्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जान लागेका हुन् ।
याे पनि पढनुहाेसः
काठमाडौं, नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल तथा नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएका छन् । दुबै दलले वर्षाले पुर्याएको क्षति, राहत, उद्धार र पुनः निर्माणका बारेमा छलफल गर्न बैठक बोलाएका हुन् ।
संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको हो। संसदीय दलको बैठक अघि दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरस्थित लोत्सेहलमा बस्ने भएको छ । निरन्तरको वर्षाका कारणले पीडित बनेका नागरिकलाई राहत, उद्धार र पुनर्निर्माणका बारेमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।