अविरल वर्षाका कारण बीपी राजमार्ग सुनसान

गृह पृष्ठ ताजा घटना मुख्य खवर राेचक विचित्र संसार समाचार सूचना-प्रविधि

काठमाडाैँ, अविरल वर्षाका कारणले गर्दा गएको बाढी र पहिरोले बीपी राजमार्ग यतिबेला सुनसान भएसगै यातायात ठप्प भएकाे छ । नमो बुद्धबाट ओरालो लागेपछि सबै बाटोहरू अस्तव्यस्त देखिन्छन् । बीपी राजमार्गमा पहिरोले ठुलो क्षति भएको छ ।

नदी किनार आसपासमा बसेका बस्तीहरू बाढीले बगाएका छन् । काभ्रे भन्ज्याङदेखि भकुन्डेसम्म घुम्तीपिच्छे पहिरो खसेको छ भने ठाउँ-ठाउँमा रुखहरू लडेका छन् । सोमबार डोजरको सहयोगले सडकमाथि थुप्रिएको माटो र ढुंगा पन्छाएर भकुन्डेबेसीसम्म सडक खुलाइएको छ ।

तर थुप्रै ठाउँमा सडकमा चिरा परेको छ भने पहिरो गएको ठाउँमा कुनै पनि बेला सडक भासिन सक्ने जोखिम छ । तर भकुन्डेबेसीबाट तल लागेपछि चौकी डाँडाबाट २०० मिटर जति बाटो पहिरोले लागेको छ।
मानिसहरू जोखिम पूर्ण यात्रा गर्दै बाटो पर गरिरहेका छन्। रोशी खोला आसपासका धेरै घरहरू बाढीले बगाएको छ। बीपी राजमार्ग अवरुद्ध भएपछि आसपासका क्षेत्रमा खानेकुराको अभाव भएको र सरकार पक्षबाट पनि खासै राहत नमिलेको स्थानीय बताउँछन्।

याे पनि पढनुहाेसः

काठमाडौं, बाढीपहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका छन । विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।

प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उनले विपदमा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताएका छन । उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिएका छन।

खोज तथा उद्धार जारी छ। राहत सामग्री वितरणको कार्य पनि जारी छ। सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ। राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उनले भने।

बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिएका छन । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताएका छन।

पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका बताए। उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *