काठमाडौं, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिर्या गरेका छन् । उनले सो क्षेत्रको स्थलगत अवलोकन,पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाएका छन्।
असोज १० गतेदेखिको बर्षाका कारण आएको बाढीले बल्खु क्षेत्र निकै प्रभावित बनेको थियो। विपद् व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् ।
प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौँ बल्खुको सुकुम्बासी बस्तीमा उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् ।
उनले मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको बताए । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न पनि आग्रह गरेका छन् ।
२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले यस पटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । बल्खुको जागरण टोलमा ४१७ घरका झण्डै चार बढी नागरिक प्रभावित भएका छन् ।
याे पनि पढनुहसः
काठमाडाैँ, अविरल वर्षाका कारणले गर्दा गएको बाढी र पहिरोले बीपी राजमार्ग यतिबेला सुनसान भएसगै यातायात ठप्प भएकाे छ । नमो बुद्धबाट ओरालो लागेपछि सबै बाटोहरू अस्तव्यस्त देखिन्छन् । बीपी राजमार्गमा पहिरोले ठुलो क्षति भएको छ ।
नदी किनार आसपासमा बसेका बस्तीहरू बाढीले बगाएका छन् । काभ्रे भन्ज्याङदेखि भकुन्डेसम्म घुम्तीपिच्छे पहिरो खसेको छ भने ठाउँ-ठाउँमा रुखहरू लडेका छन् । सोमबार डोजरको सहयोगले सडकमाथि थुप्रिएको माटो र ढुंगा पन्छाएर भकुन्डेबेसीसम्म सडक खुलाइएको छ ।
तर थुप्रै ठाउँमा सडकमा चिरा परेको छ भने पहिरो गएको ठाउँमा कुनै पनि बेला सडक भासिन सक्ने जोखिम छ । तर भकुन्डेबेसीबाट तल लागेपछि चौकी डाँडाबाट २०० मिटर जति बाटो पहिरोले लागेको छ।
मानिसहरू जोखिम पूर्ण यात्रा गर्दै बाटो पर गरिरहेका छन्। रोशी खोला आसपासका धेरै घरहरू बाढीले बगाएको छ। बीपी राजमार्ग अवरुद्ध भएपछि आसपासका क्षेत्रमा खानेकुराको अभाव भएको र सरकार पक्षबाट पनि खासै राहत नमिलेको स्थानीय बताउँछन्।