कोरोना भन्दै आखा-किड्नी निकाली ह’त्या गरेको आ’रोप, श’व हेर्न भित्र जादा प्र’हरीले हातै भा’चिदिए

काठमाडौं ,केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका रामलखन जैसवालको मृत्युको विषयलाई लिएर वीर अस्पतालमा विरोध प्रदर्शन भएको छ। जैशवालले हत्या भएको भन्दै परिवार र आफन्तले छानीवनको माग गरेका छन्।

मृगौला रोगबाट पीडित जैशवालको उपचारको क्रममा गत शनिबार वीर अस्पतालमा निधन भएको कारागार व्यवस्थापन विभागले जनाएको छ। सुरुमा मृतकका आफन्तले छानवीन गर्नुपर्ने माग गरेका थिए।

कारागार व्यवस्थापन विभाग छानवीन गर्न सहमत भएको थियो। तर परिवारले क्षतिपूर्तीको माग गरेपछि कारागार व्यवस्थापन विभाग छानवीन समिति गर्ने सहमतिबाट पछि हटेको छ। उनीहरुले जैशवालको उपचारको क्रममा स्वभाविक मृत्यु भएको भन्दै क्षतिपूर्ती दिन नसक्ने बताएको छ।

‘उहाँको उपचारको क्रममा मृत्यु भएको हो,’ कारागार व्यावस्थापन विभाग स्रोतले भन्यो, ‘सीसीटीभी फुटेज हेर्न सकिन्छ, हामीले नै मारेको भन्ने लाग्छ भने अदालत जानुस्। क्षतिपूर्ती दिन सकिँदैन भनेर भनेका छौं।’

कारागार व्यवस्थापन विभागका अनुसार जैशवाल मृगौलाका रोगी थिए। उनको शनिबार उपचारको क्रममा मृत्यु भएको थियो। मृतकका परिवारले भने जैशवालको हत्या भएको दाबी गरेको छ।