छेस्काम माध्यमिक बिद्यालयमा झडप, वडाध्यक्ष सहित ५ जना घाईते

सोलुखुम्बु, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको छेस्काम माध्यमिक बिद्यालयको ब्यवस्थापन समिति चयनको क्रममा भएको निर्बाचनमा झडप भएको छ । शनिबार सम्पन्न व्यवस्थापन समितिको निर्वाचनबाट विजयी समूहलाई स्वागतको तयारी गर्दै गर्दा विद्यालय परिसरभित्रै झडप भएको बिद्यालयले जनाएको छ ।

निबर्तमान अध्यक्ष पनि शनिबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा उम्मेद्धार बन्नुभएको थियो । उहाँ किशोर कुलुङसँग करिब ३० मतले पराजित बनेको विद्यालय स्रोतले जनाएको छ । नतिजा सार्वजनिक भए लगत्तै दुबै समुह बिच झडप भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

झडपको क्रममा निबर्तमान अध्यक्ष बिद्याराज कुलुङ गम्भिर घाइते हुनुभएको छ । उहाँको टाउँकोमा ३४ टाचाँ लगाइएको छ भने थप उपचारका लागी काठमाडौ रेफर गरिएको छ । झडपमा वडा नम्बर ३ का वडा अध्यक्ष डेक बहादुर राई सहित अन्य ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

घाइते ४ जनाको अबस्था सामान्य रहेको छ । झडपमा विद्यालयको कार्यलय तथा भौतिक संरचनामा समेत क्षती पुगेको छ । सिसि क्यामराको स्क्रिन फुटेको छ भने रेकर्डरसँगै डेल कम्पनीका तीन थान ल्यापटप हराएको विद्यालय प्रशासनले जनाएको छ । यस्तै बिदालयको ढोका, टेवल र छानामा समेत क्षति पुगेको छ ।