राति गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु

तिर्थ गएर फर्कदै गरेकाहरु चढेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको हो । घटनामा अन्य ३६ जना घाइते भएका छन्। जैन धर्मावलम्बीहरु तिर्थ गएर फर्कदै गरेका थिए ।

राजस्थानको जालोरमा राति तिर्थालु चढेको बसमा आगलागी भएको हो । ११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बिजुलीको तारले बसको छतमा छुँदा दुर्घटना भएको र घाइतेलाई अस्पताल लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

३६ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ। ज्यान गुमाउने र घायते सबै जैन धर्माबलम्बी हुन्। तीर्थस्थल गएर फर्किंदै गरेका यात्रु सवार बस दुर्घटनामा परेको हो। एजेन्सी