३ साता देखि सम्पर्क विहिन महिला खेतमा गा’डेको अवस्थामा फेला

काठमाडौ, महोत्तरीमा फेरी एक महिला मृ त फेला परेकी छन् । करिब तीन साता देखि सम्पर्क विहिन भएकी महिला खेतमा गा डे को अवस्थामा भेटिएकी हुन् ।

महोत्तरीवाट २३ दिनदेखि हराएकी सुजिता ठाकुरको शव फेला परेको हो । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ बस्ने मुकेश ठाकुरी श्रीमती २६ वर्षीया सुजिता ठाकुर मृ त फेला परेकी छन् ।

ठाकुरकै खेतमा उनको शव गा डि एको अवस्थामा फेला परेको हो । सुजिताको मृत्यु रहस्यमी भन्दै उनका माइती पक्षले आवाज उठाएका छन् । दाइजोका कारण यस्तो घटना भएको भन्दै माइती पक्षले सुजिताका श्रीमानको परिवार माथि आशंका गरेका छन् ।

तर सुजिताका श्रीमानका परिवारले उनको अर्कै युवकसंग प्रेम रहेको र उसैसंग भागेको आरोप लगाउँदै आएका थिए । तर आइतवार उनी मृ त फेला परेकी हुन् ।

प्रहरीले खोजविनको क्रममा घरदेखि करिब एक किलोमिटर दूरीमा रहेको खेतमा शव फेला परेको हो । प्रहरीले उत्खनन गरेर शव निकालेको छ । सुजिताका पति, देवर रुपेश र ससुरा पतिराम ठाकुरले सुजितालाई अन्य युवकसंग प्रेम रहेको र उनी प्रेमीसंग गएको आरोप लगाउँदै आएका थिए ।

भाइ शिवम् पाण्डले दुईसाता अघि नै फेसबुकमा लाईभ आएर आफ्नो दिदीको घटना रहस्यम भएको बताएका थिए । केहि वर्ष अघि नै सुजितालाई परिवारजनले वाटोवाट हटाउने प्रयास गरेका थिए । तर गाउँलेहरु मिलेर सो घटना प्रहरी सामु गएर मिलाईएको थियो ।