धादिङमा सवारी दुर्घटनामा एकको मृत्यु, १२ जना घाइते

ताजा घटना समाचार सूचना-प्रविधि स्वास्थ्य

काठमाडौँ, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी बैरेनीमा आइबार राति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ । ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छीस्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *