अन्तर्राष्ट्रिय माउण्टेन गाइड पासाङ ओङ्छु शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । मे १२ तारिख विहान २ः४५ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका शेर्पाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकको लोगो फरफराए ।
पालिकाको लोगो सगरमाथा चुचुरोमा फरफराएकोमा आरोही शेर्पालाई महाकुलुङ गाउँपालीका अध्यक्ष सुर्य कुलुङले धन्यवाद दिए । शेर्पालाई असार २ को कार्यपालिका वैठकबाटै साहसिक कार्यको लागि धन्यवाद दिइएको हो ।
आरोही शेर्पा महाकुलुङ १ चेरेममा जन्मेका हुन् । उनले यो सहित ९ पटक सगरमाथा आरोहण गर्नुका साथै मनास्लु हिमाल ५ पटक, मकालु एक पटक, आमादब्लाम ४ पटक र लोत्से हिमाल ३ पटक सफल आरोहण गरिसकेका छन् ।
७ हजार भन्दा साना थुप्रैपिकहरु चढेका शेर्पाले महाकुलुङको पर्यटन प्रवद्र्धनका लागि लागो सगरमाथा चुचुरोमा फरफराएको बताए । स्विस, जापान, फ्रेन्च, कोरिया, पेरु, मलेशिया, तेन्जनिय, सिङ्गपुर लगायतका देशको भ्रमण गरिसकेका शेर्पा जस्तो थुप्रै देशहरु भ्रमण गरिसकेका शेर्पा अन्तर्राष्ट्रिय गाइड तथा पर्वतीय प्रशिक्षक समेत हुन् ।