महाकुलुङ गाउँपालिकाले अनुदानमा एम्बुलेन्स प्राप्त

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले अनुदानमा एम्बुलेन्स प्राप्त गरेको छ ।

भारत सरकारको अनुदान सहायता अन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गर्दा महाकुलुङको भागमा पनि एउटा एम्बुलेन्स परेको हो ।

आइतबार भारतीय दूतावासमा आयोजित एक कार्यक्रममा पालिका अध्यक्ष सुर्य बहादुर कुलुङले एम्बुलेन्स बुझे । एम्बुलेन्स बुझेपछि हिमाल एफ.एम.सँग कुरा गर्दै अध्यक्ष कुलुङले दीगोपनाको सोचसहित कार्यविधि बनाएर न्यूनतम शुल्कमा महाकुलुङका नागरिकलाई सेवा प्रवाह गर्ने बताए ।

गाउँ गाउँमा सडक सञ्जालले जोडेको महाकुलुङमा एम्बुलेन्स संचालनले विरामीलाई अस्पतालसम्म पु¥याउन निकै राहत पुग्ने अपेक्षा राखिएको छ ।