दुबै मृगौला पिडित पुष्कर खवासलाई सहयोगको हार्दिक अपिल

दुबै मृगौला पिडित टेक बहादुर भुजेल (पुष्कर खवास) लाई सहयोगको हार्दिक अपिल गर्दछौ । कन्काई नगरपालिका वडा न:९ घैलाधुब्बा निवासि बर्ष ३६ का टेकबहादुर भुजेल खवास फेसबुक आइडी (puskar khawas) विगत केहि समय देखि दुवै मृगौला (किड्नि) फेल भइ हाल किस्ट मेडिकाल कलेज तथा शिक्षण अस्पताल महालक्ष्मी 1 ललितपुर डाइलोसिस गराउदै आउनु भएको छ ।

परिवार बाट आर्थिकरूपमा गर्न सक्ने जति कोसिस गर्नुभयो तर अव विरामिको उपचारका लागि धेरै नै खर्च जुटाउनु पर्ने भएकाले सहयोगी मन हुनेलाई हार्दिक अपिल रहेको छ ।

परिवारको आर्थिक स्थितिले धान्न नसक्ने अवस्था हुदा उहाको उपचार गराउन परिवारजनबाट आर्थिक संकलनको अपिल सहीत अभियानमा हुनुहुन्छ । मानविय सेवा भाव ले सम्पुर्ण शुभचिन्तक लगाएत सम्पुर्ण संघ संस्था ,वुद्धिजिवि ,उद्योगपति ,कर्मचारी, साथी भाइ दिदी बहिनी ब्यापारी साथै सेवामा लाग्ने सहयोगि मनहरूप्रति सहयोगका लागि हार्दिक अपिल गर्दछौ । तपाईको सानो सहयोगले जीवन दान मिल्छ भने हजुरको सहयोगको हात फैलाई दिनु हुन हार्दिक अपिल रहेको छ ।

“टेक बहादुर भुजेल खवास बचाउ अभियान ” सहयोग गर्न चाहानु हुने मानुभाबले उहाँ को bank account number मा सहयोग गर्न सक्नु हुने छ
NIC ASIA BANK L.T.D BIRTAMOOD BRANCH
BANK ACCOUNT :0902001298652401 Tek bahadur bhujel khawas
सम्पर्क नम्बर: 9822493294/ ९८२२४९३२९४