पबिधन खालिङ को नयाँ सङ्गित र शिव परियारको आवाजमा “म देश खोज्दै”

पौष २८,काठमाडौं

सङ्गितकार पबिधन खालिङको नयाँ संगीतमा “म देश खोज्दै परदेश आए” बोलको गित सार्वजनिक भएको छ।
शिव परियारको आवाजमा रहेको उक्त गितलाई थोमस बास्तोलाले लेखेका हुन । फनिन्द्र राईको सङ्गीत संयोजन रहेको उक्त गित लाई पबिधन खालिङ युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ। 
देशको मायाले चुर्लुम्मै डुबाउने गितमा चर्चित पत्रकार नारायण श्रेष्ठको मन छुने उद्घोषणले अझ भावुक बनाउँछ।

३० बर्षदेखी अनवरत साधना गरिरहेका सङ्गितकार खालिङ बि.सं. २०३१ सालमा सोलुखुम्बुको टाक्सिन्दु फुलेलीमा (हाल: सोलुदुधकुण्डो न.पा. – १, फुलेली जन्मिनुभएको हो।


औपचारिक रुपमा बि.सं. २०४९ साल देखि साधना कला केन्द्रबाट शुभारम्भ गर्नुभएको साङ्गितिक यात्राले ३ दशक पार गरिसकेको छ।
हालसम्म सयौंको सङ्ख्यामा सङगीत तथा एरेन्ज गरिसक्नु भएको छ ।

रोजगारीको शिलशिलामा सन् २०१४
देखी अमेरिकाको साउथ डकोटा राज्यको सुफल्स सिटि मा बसोबास गर्दै आउनुभएका सङ्गितकार पबिधन परदेशमै रहँदा पनि सदा आफ्नो देश को मायामा चुर्लुम्मै डुब्नुहुन्छ र यस्ता उत्कृष्ट सृजनाहरुको जन्म हुन्छ। म देश खोज्दै जाँदा ….

भिडियो हेर्नुहोला