मिस लिम्बू छैटौं संस्करणको आवेदन खुला, बिजेताले ५० हजार र स्कुटी पाउने

माघ ७,काठमाडौं 

बौद्धिक विकास, सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित मिस लिम्बु ०७९ (सिसागेन याक्थुङ्मा ) को छैटौं संस्करण हुनेभएको छ।

अनामनगर स्थित सिलौटो रेष्टुरेन्ट मा एक पत्रकार सम्मेलन गरि उक्त घोषणा गरिएको हो।

याक्थुङ युथ एशोसिएसन को आयोजनमा
सम्मान मिस लिम्बू’को छैटौँ संस्करणका लागि आवेदन खुला गरिएको जानकारी गराईएको थियो।

आगामी चैत्र ११ गते काठमाडौंमा हुने ‘मिस लिम्बू–२०७९’का लागि नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, युके र हङकङमा पनि अडिसन हुने प्रेस बिज्ञप्तीमा  जनाएको छ ।  

लिम्बू समुदायको बसोबास रहेको स्थानलाई मध्येनजर गर्दै हङकङ, युके र भारतको सिक्किम र दार्जिलिङमा पनि अडिसन लिने भएको आयोजक संस्थाका अध्यक्ष एवं गायक भिम लिम्बूले जानकारी दिए ।

उनका अनुसार नेपालको काठमाडौंमा फागुन ६ गते र धरानमा माघ २८ गते अडिसन हुने भएको छ । तर, सिक्किम, दार्जिलिङ, युके र हङकङमा भने आवेदन दिनेको संख्या हेरेर अडिसनको मिति तय गरिने आयोजकले जनाएको छ । ती सबै स्थानबाट प्रतियोगितामा ३० जना युवतीलाई फाइनलका लागि छनोट गरिने आयोजकले जनाएको छ ।


‘मिस लिम्बू’मा सहभागी हुनका लागि आयोजकले केही निश्चित मापदण्ड तोकेको छ । कार्यक्रमका संयोजक तथा गायक रुकमान लिम्बूका अनुसार प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उतिर्ण १७ देखि २६ वर्ष नकटेका लिम्बू समुदायका अविवाहित हुनुपर्ने छ ।

आयोजकले जानकारी गराएअनुसार ‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएका छन् । साथै, उनीहरुलाई पूर्वमिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबी आङबुङलगायतले व्यक्तित्व विकासबारे ग्रमिङ कक्षा दिनेछन् ।
यस्तै, प्रतियोगितामा विभिन्न १६ वटा सवटाइटल रहने संयोजक रुकमान लिम्बूले बताए । उनका अनुसार शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ ।

यस्तै फस्ट रनरअपले एक लाख र सेकेण्ड रनरअफ विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, ‘मिस लिम्बू’को शीर्ष विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधै प्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष भिम लिम्बूको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, समाजसेवी याङ्जोम शेर्पा, तेह्रथुमे ढाका कलेक्शनकी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङ, पूर्वमिस लिम्बूहरु लगायत लिम्बू गायक गायिका तथा कलाकारहरुको बाक्लो उपस्थिति थियो ।

प्रतियोगिताका ग्राण्ड फिनाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आउँदो चैत ११ गते हुने आयोजकले जनाएको छ ।