काठमाडौँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहिर प्रचार गरिएजस्तो आफूमा पदलोलूपता नभएको बताएका छन् । राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले यस्तो धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिलाई निकै जटिल, विकराल र गम्भीर भएको समेत बताएको ती सदस्यको भनाइ छ…