काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी समितिकाे बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्नेछ। असोज ५ गते बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । स्थायी समिति बैठकले महाधिवेशनको तिथि मिति, कार्यविधि,…