नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु

कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरूसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर…