एमाले र रास्वपाको विरोधपछि संसद् अवरुद्ध

काठमाडौँ । रास्वपाका सांसदहरूले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयको एकाइका रूपमा राख्ने निर्णय अर्थमन्त्रीलाई फिर्ता लिन रुलिङको माग गरेका छन् ।

मंगलबारको बैठकमा रास्वपाका सांसद रवि लामिछानेले सरकारको उक्त निर्णय फिर्ता लिन सभामुखमार्फत रुलिङ गर्न माग गरे । लामिछानेले रुलिङको माग गरेपछि रास्वपाका सांसदहरू आसनबाट उठेका थिए ।

सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रीले जवाफ दिने समेत कार्यसूची रहेको जनाकारी गराए । त्यसपछि सभामुख घिमिरेले कांग्रेस नेता रमेश लेखकलाई बोल्न समय दिएका थिए ।

त्यसक्रममा नेता लेखकले आफू र अर्थमन्त्रीबीच भएको संवादमा जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने भनेर आश्वस्त तुल्याएको भन्दै सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन हुने बताए । त्यसपछि सभामुख घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।