महाकुलुङका १५ घरधुरीलाई घरायसी सामाग्री वितरण

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले वडा न १ का १५ घरधुरीलाई खाद्यान्न बाहेका अतिआवश्यक घरायसी सामाग्री वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ सिमबोल्दोका १५ घरधुरीलाई करिव १५ हजार बराबरको राहत सामाग्री वितरण गरको संवाददाता झलक कुलुङले बताउनुभयो । गाउँपालिकाको आर्थिक संयोजनमा पहिरोको जोखिम भएको वडा १ को बुङ सिमबोल्दोका १५ घरधुरीलाई निमत्त प्रमुख प्रशासकीय अधिकृत झमक बहादुर कट्वालले अत्याबश्यक घरायसि सामाग्री वितरण गर्नुभएको हो ।

गाउँपालिकाले १ थाल त्रिपाल, २ थान व्ल्याङ्केट, २ थान तन्ना, २ थान सिरानी, २ थान सिरानी खोल, १ थान प्रेसर कुकर, १ थान कराई, १ थान जग, ४ थान मख, ४ थान थाल, १ थान बाल्टिन, १ थान पनिउ, १ थान बटुका र ४ थान डाडु वितरण गरेको छ । यस्तै ८ दशमलव ५ मिटर मेट्रिक्स समेत वितरण गरिएको छ ।

अत्यावश्यक सामाग्री वितरणमा गाउँपालिका उपाध्यक्ष बिपना कुलुङ , निमित्त प्रमुख प्रशासकीय अधिकृत झमक बहादुर कटुवाल, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आर्चाय, बुङ प्रहरी चौकीका सुरक्षाकर्मी, गाउँपालिकाका कर्मचारी, राहत लिने नागरिक लगायतको उपस्थिति रहेको संवादाता झलक कुलुङले जानकारी दिनुभयो ।